हर्श र उमङ्ग संगै
खुशीले दङ्ग हुँदै
म चाडै नै जादै छु
आफ्नो देश अनी बुवा आमा सँगै
रमाइलो गर्ने छु,
आफ्नै भिर पाखा सँगै
धुलो र मैलो सँग खेल्ने छु
कोइली को मिठास सँगै
आफ्नो सुस्केरा मिलाई
लेक र बेसी गर्ने छु
गाउघर को सबै मान्यजन हरुको
आशिर्बाद लिने छु
युबा हरुलाई बिदेसिनु हुन्न भन्दै
गाउको बिकास गर्ने सल्लहा दिनेछु
हर्श र उमङ्ग संगै
मिश्रित कबिता
आज यो बर्तमान सँग भबिश्यको लागि संघर्श गर्दै छु
यो मधुर मैन बत्ती को प्रकाश सँग सिसाकलम ले मेरो भबिश्य कोर्दै छु!
कोशीश गर्दै छु यो अशिक्षा को अन्धकार लाई छिचोल्न
मलाई त्यहाँ छ म एक दिन सफल हुनेछु सबै रुढिबादी लाई निकाल्न!
अाओस गणतन्त्र अाओस लोकतन्त्र छैन मलाई कुनै सरोकर
जो आय पनि सक्दैनन हटाउन यो मेरो आन्धकर
नखोज्नु है मलाई बसन्त ऋतुको हरियालीमा,
म त उजाड मरुभुमिमा हराई सकेछु
नसम्झिनु है मलाई कुनै खुशियालीमा,
म त दुःख र आँशुको सागरमा पो डुबि सकेछु
नखोज्नु है मलाई पूर्णिमाको जुनेली रातमा,
म त ५५ डिग्रीको घाममा जल्न पुगेछु ।
नखोज्नु है मलाई हजारौ दुनियाँको भिडमा
म त बालुवै बालुवाको भरुभुमीमा पो पुगी सकेछु
िहानी को सुर्य सँगै म उदाउछु
आफ्नो मधुर बस्ना लियर
आफु सुकेर भयपनी
अरुलाई सन्तुस्ट बनाउछु
अरुको खुशी को लागि म सधैं फुलिरहने छु
अरुको दु:ख मा साथ दिदै रोइरहनेछु
म भित्र पनि छ कोमल भावना
मलाई पनि छ धेरै बर्ष बाच्ने चाहना
सबै ले देक्छन मेरो यो बहिरी सुन्दर्ता
तर कसैले बुझदैन यो मेरो अन्तर आत्मा
मलाई थाहा छ एक दिन म जानेनै छु
म आफु सुकेर भयपनी अरुलाई बाचाउदै छु
मिठो सपना
देखेछु मैले हिजो राती एउटा मिठो सपना
मलाई लाग्दै थियो यो हो सत्य अनी बिपना
थिए म आफ्नै गाउ घर अनी आफ्नो छहारामा
रमाउदै थिए म बुवा आमा को मायालु शाहारामा
कहिले चडदै थिए उकाली त कहिले झर्दै थिए ओराली
कहिले पुग्दै थिए भञ्ज्याङ त कहिले पुग्दै देउराली
ति मेरा आफ्नै स्च्छ अनी पवित्र डाडा काडा सँग मितेरी गास्दै
आफ्ना छिमेकी र आफ्न्त सँग कहिले ठट्टा गर्दै त कहिले हाँस्दै
मेरा खेत बारी खोला छहारी स्वागत गर्दै थिए मलाई रमाउदै
म मन्त्र मुग्ध थिए प्राकृती को साथ अनी हात समाउदै
म भाबनामा नै हराइ रहेको थिए भएर धेरै खुशी
देखे मैले जुन सत्यता मेरो मात्री भुमी छन अझै दुखी
बन्द थियो हडताल थियो,थियो फोहोरी लोडसेडिङ र झगडा
बढी बोल्थे नेता हरु कोही भएनन देश को लागि तगडा
झल्यास म बिउँझीएछु म यो त रहेछ सबै सपना
मनमनै कामना गरे मैले यो सबै भई जाओस बिपना
Posted in 17789141
चौतारी को बास
उन्माद र बित्रिप्त हासो हाँस्दै
गरीब र दिन दुखी हरु को बोली बोल्दै
फाटेर टुक्रा टुक्रा भएको कपडा लगाइ
बिहानी को मिर्मिरे सँगै उठथ्यो
कस्को घर मा छैन खाना, पकाउने भाडा हेदै
आफु भोको भएको पटक्कै आभास नगरि
खाना दिने कोशीस गर्दथ्यो
आफुलाई केही थाहा थिएन तर जान्ने कोशीस गर्दै
देश बिकास र समाज परिवर्तन को भाषाण बोल्दै
अब चाडै नै परिवर्तन हुने ढाडस दिन्थ्यो
आफ्नो सिप र जागर को सदुपयोग गर्ने उत्प्रेरणा दिदै
आफ्नो मेहनत मा बाँच्न सिकाउदै
अन्याय अत्याचार लाई निर्मुल पार्नु पर्छ भन्दथ्यो
जिन्दगी लाई यात्रा सँग तुलना गर्दै
आफु थकान को पटक्कै महशुस गर्दैनथ्यो
उच्च मनोबल अनी उद्देश्य लिएर हिंड्ने कुरा सिकाउदै
जिन्दगी देखी पटककै हार नखानु भन्द्थ्यो
उ आँफैलाई थाहा थिएन आफ्नो जिन्दगी के हो भन्ने
तर घरी घरी जिन्दगी को व्याख्या गर्दथ्यो
गरीब जनता को खर को छानो परिवर्तन गर्छु भन्दै
अन्धकार रात मा चौतारी मा सुत्दथ्यो
Posted in 17789141
गर्नु पर्छ क्रान्ति
-
उनिहरु भन्ने गर्थे पढन लेख्न हुन्न गर्नु पर्छ क्रान्ति
जनबादी शिक्षा चाहिन्छ त्यसैले त गर्नु पर्छ क्रान्ति
जलाइदेउ नानी हरु तिम्रो पुस्तक गर्नु पर्छ क्रान्ति
पढनु हुन्न पुरानो शिक्षा त्यसैले गर्नु पर्छ क्रान्ति
थाहा नै थियन भन्ने मलाई गर्नु पर्छ क्रान्ति
डरै डर मा मैले पनि भनी दिए गर्नु पर्छ क्रान्ति
उनिहरु भन्ने गर्थे पढन लेख्न हुन्न गर्नु पर्छ क्रान्ति
जनबादी शिक्षा चाहिन्छ त्यसैले त गर्नु पर्छ क्रान्ति
जलाइदिय सस्क्रीत किताब भन्दै गर्नु पर्छ क्रान्ति
लियर गय स्कुले बालक भन्दै गर्नु पर्छ क्रान्ति
बन्द गर्थे गाउ शहर भन्दै गर्नु पर्छ क्रान्ति
बन्द गर्थे स्कुल,देश भन्दै गर्नु पर्छ क्रान्ति
उनिहरु भन्ने गर्थे पढन लेख्न हुन्न गर्नु पर्छ क्रान्ति
जनबादी शिक्षा चाहिन्छ त्यसैले त गर्नु पर्छ क्रान्ति
गर्थे बिद्यार्थी को अपहरण अनी भन्थे गर्नु पर्छ क्रान्ति
भन्थे कसैले आवाज नउठायस अब गर्नु पर्छ क्रान्ति
मान्छे मार्थे अनी बन्दुक पडकाउदै भन्थे गर्नु पर्छ क्रान्ति
बिती गयो कैयौ साल अझै पनि भन्दै छन गर्नु पर्छ क्रान्ति
उनिहरु भन्ने गर्थे पढन लेख्न हुन्न गर्नु पर्छ क्रान्ति
जनबादी शिक्षा चाहिन्छ त्यसैले त गर्नु पर्छ क्रान्ति
सफाय (कथा)
ड्याङ….. ड्याङ…. ड्याङ….. लगातार ३ पटक ठुलो आवाज सँङै मेरो निन्द्रा खुल्यो,म बिस्तार् यो आवाज कहाबाट आयो पता लगाउने सुर ले मेरो कोठाको झ्याल खोले मेरो कोठा ठीक अगाडि १ ठाडो बाटो थियो अनी बाटो पारी हरी ास्टर को घर थियो। अचानक मेरो आँखा हरी मास्टर को घर को आगन मा गयो त्यहा एक हुल कुन्नी लडाकु जस्तो देखिने पोशाक मा मान्छे यता उता गरेको प्रस्ट देखिन्थ्यो किन कि त्यो दिन पुर्णिमा को २ दिन पछी थियो,म सोच मग्न भय त्यो ठुलो आवाज ति मान्छे अनी हरी मास्टर को घर,म नतमस्तक भए मेरो जिउ अचानक फुलेर आयो अनी त्यहा जाने आट पनि गर्न सकिन। तर मेरो मन भित्र को अर्को मन ले मानेन बिस्तारै कसैले थाहा नपाउने गरी मेरो रूम बाट हरी मास्टर को घर तर्फ लागे,तर म हरी मास्टर को घर भन्दा ५ मिटर अगाडि टक्क रोकिन पुगे र मेरो आँखा अचानक हरी मास्टर को ढलेको रक्तम्य शरीर मा पुग्यो। बिस्तारै मैले आफ्नो अनुहार मा हात लगाए मेरो आफ्नै शरीर मा छोए सपना हो कि भन्ने सोचेर तर यो बिपना नै रहेछ। एक्कासी हरी मास्टर को घर बाट उस्की श्रीमती को कोलाहल आवाज सँगै कमरेड पर्बत को भाषाण आयो “हामीले सब्रहारा बर्ग को मुक्ती को लागि यो हरी मास्टर को आज सफाइ दियको छौ जो जो हाम्रो बाटो मा काडा भएर आउछन सबैको हरी मास्टर को हालत हुनेछ,यो हरी ले हाम्रो क्रान्ति मा सहयोग गरेन हामी ले यसलाई धेरै चोटि सम्झायको थियौ ,तर यो सधैं हाम्रो बाटो मा बाधक बनिरह्यो हामी बिरुद्द आवाज उठायो,जासुसी गर्यो त्यसैले आज यो हालत भयो यस्को। उस्को हात मा भयको बन्दुक आकाश तिर फर्कायर १ पटक हवाइ फायर गर्यो। अनी हरी मास्टर को लाश लाई त्यही छोडेर जनयुद्द जिन्दाबाद माओबाद जिन्दाबाद भन्दै आफ्नो बाटो लागे,मैले मन मनै सोचे के यिनी हरी मास्टर लाई मरेर क्रान्ति सफल होला त ? तर हरी मास्टर त्यस्तो थिएनन जुन तिनिहरु ले भाषाण मा गरेको जस्तो हरी मास्टर गाउ को १ प्राथमिक स्कुल को शिक्षक थिय। एकदमै ईमान्दार अरुको दु:ख मा सहयोग गर्ने अनी अन्याय अत्याचार पटक्कै नसहने। मैले सोचे शाहेद त्यही अन्याय अत्याचार नसहनाले गर्दा आज आफ्नो श्रीमती,गाउ घर,आफन्त,सबैले छोडेर गय……………सधैं को लागि अनी सबै को लागि के हरी मास्टर को सफाइ ले तिनिहरु को क्रान्ति सफल भयो त ?? के अहिले देश मा शान्ती सुब्यबस्था छ त ??
Posted in 17789141
मानब
साह्रै स्वार्थी रहेछ यो संसार झनै स्वार्थी यहाँ को मानब
बिकसित जिबित आत्मा को लागि बन्दै छन यहाँ दानब
न कुनै अर्थ छ यहाँ न कुनै मुल्य मान्यता
आखिर अन्त मा के नै मिल्छ र बाहेक सुन्यता
मान्छे ले मान्छे माथि गरिरहेछ खेलबाड
छैन केही नम्रपन तर पनि हटाउन खोज्छन भिडभाड
साह्रै स्वार्थी रहेछ यो संसार झनै स्वार्थी यहाँ को मानब
बिकसित जिबित आत्मा को लागि बन्दै छन यहाँ दानब
खै कसरी चल्छ होला अब यो संसार
परेको छन भगवान पनि यो देखी दोधार
मानब किन र के का लागि गर्दैछौ संघर्श भनिदेउ मलाई
आखिर तिमी पनि सजिब हौ के नै मिल्छ र तिमीलाई
तिमी खोज्छौ अधिकार तर भुल्छौ आफ्नो कर्तब्य र काम
सही गलत सबै भुल्छौ तिमी केबल तिमीलाई भए पुग्छ दाम
साह्रै स्वार्थी रहेछ यो संसार झनै स्वार्थी यहाँ को मानब
बिकसित जिबित आत्मा को लागि बन्दै छन यहाँ दानब
Posted in 17789141
मात्रीभुमी
हाम्रो मात्रीभुमी तिमीलाई कोटिकोटी नमस्कार
तिमी चिन्ता नगर जसले गरे पनि तिरस्कार
हामी छौ बिदेश मा तर पनि भुलेको छैन तिमीलाई
परिस्थिती ले गर्दा बिदेशिनु पर्यो हामीलाई
सोचेको थियौ हामीले अब हुन्छ परिवर्तन हाम्रो देशमा
भित्रीए नयाँ नयाँ नेता कलंकीत दानबी भेशमा
कैयौ बर्ष कुरिरहयौ परिवर्तन र बिकास हुने आशमा
हाम्रै आँखा अगाडि आगो लगाइदिए गरीब को बासमा
हाम्रो मात्री भुमी तिमीलाई कोटिकोटी नमस्कार
तिमी चिन्ता नगर जसले गरे पनि तिरस्कार
बगी रहे रगत को नदी बिकास हुने बाहानमा
कती वीर नेपाली शहीद भए तिमीलाई सुख दिने चाहनामा
दिन बिते महिना बिते, बिते कैयौ साल
कती बनाउछौ ए नेता हो सोझा नेपालीको ढाल
पिर सुर्ता केही नगर मात्री भुमी हामी आउँदै छौ चाडै
हामी दिने छौ तिमीलाई सुख,भगाउछौ दु:ख टाढै
हाम्रो मात्री भुमी तिमीलाई कोटिकोटी नमस्कार
तिमी चिन्ता नगर जसले गरे पनि तिरस्कार
Posted in 17789141, साथीहरु को पृष्ठ
उनी को हुन
महिना पुष को थियो साल चाँही मलाई त्यती यकिन भयन त्यस्तै हुनुपर्छ एकसट्ठी किन कि म त्यती बेला एघार मा पढथे। म काठमाडौं मा गाउ बाट को एस एल सि को नतिजा राम्रो भएपछी उच्च शिक्षा को लागि आएको थिए। दिउसो को कलेज भयको करणले गर्दा हामी सँगै बस्ने साथी हरु मिलेर मर्निङ वाक को लागि दिनहु टुडिखेल मा जाने गर्थ्यो,उमेर भर्खर १६ १७ भयको ले गर्द होला जोश जागर थियो त्येती बेला। हामी जहिले साथी हरु एक आपस मा कुनै न कुनै कुरा मा प्रतिस्पर्धा गर्दथ्यौ कहिले फूटबल कहिले क्रीकेट त कहिले दौड अनी जो पछी हुन्छ त्यस्ले सबै साथी हरुलाई चना र अन्डा खुवाउनु पर्ने हा हा हा कती रमाइलो नियम थियो हामीसँग।
यस्तै गरी दिन हरु बित्दै थियो हाम्रो पनि जिन्दगी रमाइलो सँग बित्दै थियो। एक दिन मसँग बस्ने साथी हरु कलेज मा जाडो को छुट्टी भयको ले गर्दा छुट्टी मनाउन सबै गाउ मा गएका थिए तर मा चाँही मेरो बाबा ममी काठमाडौं आउनु भयको ले गर्दा म चाँही गाउ गयको थिएन। सधैं साथी हरु सँग बाहेक म कहिले पनि एक्लै काठमाडौं को त्यो भिड भाड मा कहिले पनि निस्कियको थिएन,त्यो दिन मलाई किन किन एकदमै नौलो आभाश भईरहेको थियो। पुष को जाडो समय त्यही पनि बिहान सबेरै म हल्का निलो रङ को ट्र्याक सुट अनी १७५ म किनेको गोल्डस्टार जुता लगायर म बिहान् काठमाडौं को सघुरो गल्ली गल्ली हुँदै रातभरी थुपारेको फोहोर को दुर्गन्ध अनी भुस्या कुकुर को प्रदुशित आवाज लाई पारगर्दै म न्युरोड को गेट हुँदै टुडिखेल भित्र पसे।
पहिले पहिले त साथी हरु थिए फूटबल क्रिकेट खेल्न लाई आज न कोही छैन अब आज चाँही हल्का दगुर्छु भनेर मन मनै सोचे र दगुर्न सुरु गरे म मनमा धेरै कुरा हरु लियर अगाडि बडदै थिए दाँया बाँया केही पनि नहेरी ,लगभग मैले आधा टुडिखेल पर गर्दै थिय अफसोच कोही म सँग ठोकिन पुग्यो। त्यही ठोकाइ ले गर्दा चौर को घास भयको तिर पछारिन पुगे अनी जुरुक्क उठ्ने कोशीस गर्दै ट्र्याक मा लागेको माटो झार्दै कस्तो आँखा पनि नहेरी हिंडेको यत्रो चौर मा म भयतिर नै आयर ठोक्किनु पर्छ भन्दै ठुलो आवाज मा बिहानि को हल्का अभ्यास पछी को फुर्ती को साथ रिस देखाएर कराउदै ठोकिने मान्छे भयतिर फर्किए। मैले के फर्कियको मात्रै थिए एका एक लामो रेशमी कपाल कम्मर भन्दा पनि तल तिर पुगेको अनी चटक्क मिलेको जिउ त्यस्तै मुस्कान अनी आह कती मिलेको मोती जस्तै दात अनी मधुर मुस्कान को साथ मा माधुर्यता छाउने गरी आइ एम भेरी भेरी सरी भन्दै उनी मेरो बिपरित दिशा तर्फ तिर लगिन त कि यती चाडो मैले उनको अनुहारमा राम्रो सँग हेर्न र उनले मागेको सरी को लागि मैले केही छैन भनेर भन्ने मौका पनि पाईन, के गर्नु उनी आफ्नै रफ्तार मा गईरहिन म पछीबाट हेरेको हेरै भए अनी मन्मनै सोच्न थाले कस्तो केटी होलिन उनी कती राम्री को होलिन म सँग एकछिन बोलेकी भय पनि हुन्थ्यो नि यस्तै कुरा सोच्दै म पनि अगाडि बढे ।को हुन उनी भन्दै। तर मैले पटकै हरेश खाइन म भोली त यही ठाउमा भेटछु नि भोली पनि त उनी आउछिन यस्तै सोच्दै फर्किए तर किन किन मलाई त्यो दिन अर्को नै लागेको थियो।
त्यो दिन त्यतिकै बित्यो,भोली पल्ट बिहान म सबेरै उठेर उनिलाई त्यही ठाउँ मा भेटेर बोल्ने द्रिढ विश्वाश को साथ मा जाडो फोहोर अनी ति भुश्या कुकुर लाई सान दिदै म अगाडि बढे र टुढिखेल पनि पुगे। सधैं म त्यहा मर्निङ वाक को लागि जान्थे तर मैले त्यस दिन खासै त्यसलाई महत्व दिन खाली मलाई उनी को हुन भन्ने मात्रै जान्न पाय हुन्थ्यो भन्ने थियो। बाटो हेर्दै गरे अली पर बाट २ जना अधबैसे सँग हिजो म सँग ठोकिने उनी आउँदै गरेको देखे उनी ले पनि मलाई हेरिन अनी हिजो को झै मन्द मुस्कान दिदै मेरो सामुन्ने बाट पार गरिन ,मलाई लागेको थियो उनी आज एक्लै आउछिन र एकछिन म उनीसङै वाक गर्दै परिचय गर्छु भन्ने तर म सफल हुन सकिन। किन कि मलाई बोल्ने आट नै आएन
उनी सँग भेट्छु र बोल्छु भन्ने मलाई आश पटकै मरेन। दैनिक रुप मा म मर्निङ वाक भन्दा पनि उनिलाई भेट्ने अभिलाषा मा गैरहे तर त्यस दिनदेखी मैले उनिलाई कहिले पनि देखिन, को होलिन उनी कहाँ गैइन होलिन तर पनि आश मारेको छैन एक दिन भगवान ले मेरो उनी सँग भेट गराउने छ। अहिले पनि कहिले काही बाटो मा हिडदा उनी जस्तै धेरै लाई देख्छु तर उनिलाई कहिले पनि देख्दिन म। र कहिले कही एक्लै बस्दै म सम्झिन्छु उनिलाई भेट नगरनु नै थियो त त्यस दिन किन मलाई किन मन्द मुस्कान दीईन उनले ?किन मेरो मुटु चोरेर लगिन ? को हुन उनी म सँग केही नबोले पनि मलाई उनको बारेमा थाहाँ नभए पनि किन मलाई उनको बारेमा याद आईरहन्छ? को हुन उनी ?????????
कृतिम
रामेछाप नेपाल
Posted in 17789141
म किन म हुन सकिन?
आफ्नो छाया देखी डराई डराई भाग्दै पर पर सर्दछु
म आफु ले आफ्नै चरित्र मा दाग लाग्यो भन्दै हिडदछु
दु:ख भयो जिन्दगी मा छाती पिट्टदै रुदछु
मेरा सबै साथी कहाँ बाट कहाँ गय
कोही ईन्जिनियर त कोही सि ए भय
म किन म हुन सकिन यो प्रश्न म आँफैले आफुलाई गर्दछु
आफ्नो छाया देखी डराई डराई भाग्दै पर पर सर्दछु
जहाँ जान्छु जे गर्छु मलाई दिन मा पनि अध्यारो नै लाग्छ
नयाँ नयाँ जोश जगार आट अठोट सबै टाढा भाग्छ
कती कोशीश गरे मैले आफु सफल हुनलाई
मन त थियो नि मलाई पनि सफलता को शिखर चुम्नलाई
म किन म हुन सकिन यो प्रश्न म आँफैले आफुलाई गर्दछु
आफ्नो छाया देखी डराई डराई भाग्दै पर पर सर्दछु
म आज खोज्दै छु सफलता को रहश्य
किन सफल हुन दिदैनन मलाई ई सबै मनुश्य
जिन्दगी बरदान हो भन्थे तर मलाई भयो अभिशाप
आज म जिन्दगी सँग हारी गर्दै छु बिलाप
म किन म हुन सकिन यो प्रश्न म आँफैले आफुलाई गर्दछु
आफ्नो छाया देखी डराई डराई भाग्दै पर पर सर्दछु
कृष्ण राज तिमल्सिना (कृतिम)
Posted in 17789141
जिन्दगी
मलाई यो जिन्दगीले कहाँ पुरायो कहिले हसायो कहिले रुवायो आँफै सँग छुटायर एक्लो बनायो,मलाई उनिले एक पटक को भेट मा मेरो सबै भन्दा मन पर्ने गान हो यो भनेर भनेकी थिन। उनी म भन्दा उमेर ले दिदी हुन हाम्रो चिनजान एकै ठाउँ मा काम गर्दा भएको थियो। म उनिलाई आफ्नो दिदी जस्तै मान्दथे, प्राय गरी काम को शिलशिला मा मात्रै हाम्रो कुराकानी हुन्थ्यो। यस्तै गरी दिन हरु बित्दै गैरहेको थियो। दिन प्रतिदिन मा उनिलाई आफ्नो दिदी को भन्दा पनि बढी माया गर्न थालेछु किन कि म अहिले बिदेश मा छु मेरो दिदी परिवार कोही पनि छैन यहाँ,त्यस्कारण उनिले मलाई मेरो आफ्नो दिदी को छहारी दिएकी थिन।
एक दिन त्यस्तै दिन को २ बजेको थियो होला। मलाई उनिले अचानक कृष्ण तिमीलाई फुर्सद छ यदी छ भने म केही कुरा गर्छु तिमी सँग भनेर मलाई सोधिन ,मैले पनि हुन्छ नि दिदी म फुर्सदमा नै छु भनेर हाँस्दै उतर दिए। अनी उनले मलाई भन्न सुरु गरिन कृष्ण यो जिन्दगी पनि किन जिबित भयर रहेको छ अहिले सम्म?कती संघर्श गर्नु यो जिन्दगी मा? आखिर किन मलाई मात्रै भगवान ले यस्तो सजाय दिन्छन?एकदमै चिन्तित पारा मा उनिले यस्ता दु:खको सयौ कुरा हरु म सँग एकोहोरो बोलिरहिन म केबल चुपचाप सुनिरहे उनको आँखा बाट आसु साउन को मुल फुटे सारी लगातार बगिरह्यो,उनिलाई देख्दा देख्दै म पनि रुन पुगे तर मैले झट्ट आफुलाई समाल्हे|
उनी रोइ मात्रै रहिन तर किन हो मैले कुनै करण पत्ता लगाउन सकिन। र लगाउने आट पनि गरिन किन कि म उनिलाई करण सोधेर आलो घाऊ मा अमिलो हाल्न चाहदैन थे आखिर मेरी दिदी हुन नि उनी रगत एउटै नभय के भो त आखिर हामी मनबता को नाता ले दिदी भाई त बनेको छौनी। दिन हरु बित्दै गए हाम्रो काम पनि चल्दै थियो हामी हाम्रो काम मा रमाइरहेको थियो तर मलाई त्यस दिन मेरी दिदी को रुवाइ ले कता कता घोचिरहन्थ्यो। मलाई त्यो दिन उनी किन रोवकी होलिन सोध्न पटक्कै आट आयको थिएन। मैले कर गरेको भय त्यस दिन नै भन्थिन होला।
म खै कुन्नी के काम ले हो एकछिन अफिस भन्दा बहिर जादै थिए। उनी अर्थात मेरो दिदी एउटा क्याफे मा बसेर कफी पिउदै रहेछिन, म यता बाट जादै गरेको देखेर मलाई कृष्ण, आउ सँग कफी पिउ भनेर मलाई भनिन यसो घडी हेरेको दिउसो को ४ बजेको रहेछ भोक पनि लगेको थियो मलाई अनी ठिकै छ भनेर म पनि दिदी भय तिर गए। अनी दिदी ले मलाई के खाने कफी मात्रै कि अरु पनि ?मैले हत्तनपत्त मजाक गर्दै भने अब मेरो दिदी ले खुवाउने भएपछी के कफी मात्रै नि ही.. ह..ी.. ही ….गर्दै लामो हासो हासे। अनी मेरो कफी पनि आयो मैले एक चुस्की मात्र के लगयको थिय मैले दिदी को त्यस दिन को रुवाइ सम्झिय अनी मन मनै आज चाँही म सोधेरै छोड्छु भनेर मैले सोधे।
दिदी म एउटा कुरा सोध्छु मलाई गलत नसोच्नु ल, उनिले झट्ट जबाफ दीईन सोधन कृष्ण तिमी मेरो भाई हो जे पनि मलाई सोधन सक्छौ,उनको यो उतर सँगै मलाई कुरा गर्ने आट आयो अनै मैले सोधे अस्ती तपाईं किन रुनु भयको ?यस पटक उनी कठोर बन्दै मलाई आफ्नो काहानी सुनाउन थालिन ”भाइ म आफ्नो मेहनत मा निर्भर हुने मान्छे हुँ। म जब एक्काइस बर्षको थिय तो बेला मेरो विवाह भयो। तर मेरो विवाह १ बर्ष पनि नभई सम्बन्ध बिछेद मा परीनत भयो तर म सँग १ छोरा पनि भयो त्यही १ बर्ष भित्र। हाम्रो सम्बन्ध बिछेद पछी मैले मेरो छोरा लाई ठुलो मान्छे बनाउछु भन्ने सोच मा धेरै कस्ट गरे जिन्दगी मा अहिले मेरो छोरा दस बर्ष को भयको छ। यती का समय सम्म पनि मैले मेरो छोरा को लागि मैले कुनै गलत बाटो अपनाइन। तर मलाई अहिले आफ्नो जिन्दगी देखी दिक्क लागेर आयको छ के गर्ने? मेरो छोरा को पनि आफ्नै जिन्दगी छ,दिन दिनै ठुलो हुँदै छ अब भबिश्य मा उसले पनि बेहे गर्ला अनी उस्को श्रीमती सँग जीवन बिताउला त्यस समय मा त म एक्लै हुन्छु” त्यस दिन म सँग उनिले वास्तविक कुरा गरिन मैले एक पटक उन्को अनुहार मा हेरे तर म कुनै उतर बिहिन भए खाली उन्को अनुहार मा निर्दोश पन मात्र मैले देखे। कुरा गर्दै थिन म सँग उनको आँखा बाट आशु आउन थालेको रहेछ मैले ख्याल गरी हाले तर उनी हत न पत्त आफुलाई समाल्दै आशु पुछिन र पिडा दायक हासो हासिन कुनै दु:ख नभयको जस्तो झै गरी। तर मलाई थाहा थियो उनिलाई अरु पनि केही भयको छ।मैले मन मनै सोचे मेरी दिदी कती महान बेहे भयको छोटो उमेर मा नै श्रीमान ले छोडेर गय पनि १ छोरो को लागि सारा जीवन एक्लै बिताउने निर्णय गर्ने कस्तो महान बिचार ? कस्तो उदाहरणिय नारी हुन उनी ? मेरो आँखा यसो हात को घडी तिर पुग्यो समय त गैसकेछ मेरो दिदी को कुरा पुरा नहुँदै म उठेर हिंडे।
कस्तो हो यो जिन्दगी के को लागि उनी संघर्श गर्दै छिन आज भबिश्य मा को छ उनी सँग??आखिर उनी पनि एक दिन जानेनै छिन तर पनि हरेश खाएकी छैनन। उनी भन्छिन म गलत छैन शही बाटो मा छु त्यसकरण म एक दिन सफल हुने छु चाहे लामो समय किन कुर्न नपरोस।
कृष्ण राज तिमल्सिना
रामेछाप गुन्सी भदौरे धारापानी
झै लाग्यो
ठुल्लदिदीको सिउदो आज खारिए झै लाग्यो
सिदुर पोते चुरा आज सेरिए झै लाग्यो
जवानीको पहिरन उनको फेरिए झै लाग्यो
रुप रङ उनै बाट ताडिए लाग्यो
गाउ बाट सबै बस्ती सरे जस्तो लाग्यो
गाउ पाखो बनमाराले ढाके जस्तो लाग्यो
ठुल्लदिदीको सिउदो आज खारिए झै लाग्यो
सिदुर पोते चुरा आज सेरिए झै लाग्यो
फुल बारीको माली आज टाडिए झै लाग्यो
फुल्न नपाई फुल त्यसै मारिए झै लाग्यो
भेडा बाख्रा जगल बाटै हराए झै लाग्यो
गोठाले दाई लाई गोठ बाटै हराए झै लाग्यो
बाटो हिंड्ने बटुवाले बाटै हिंड्न छाडे पछी
चौतारीको बर-पिपल रोए जस्तै लाग्यो
ठुल्लदिदीको सिउदो आज खारिए झै लाग्यो
सिदुर पोते चुर आज सेरिए झै लाग्यो
तिमी बाची राख्नु
साच्चै जिबनको सागुरो गोरेटोमा यात्रा गर्दै जाने क्रम मा कहिले खुशी-खुशियालीको चरमचुली बाट मुस्कुराइयो त कहिले एकान्त सुनसानमा एक्लै हराइयो पनि। यिनै जिन्दगीको आरोह अब्रोहहरु पारगर्दै जाने क्रममा धेरै सङी-साथी हरु सँग माया प्रितीको कसिला बन्धनहरु कसिय तर समयको ज्वारभाटाहरुले कहाँ कहाँ सम्म पुरायो कहिले बिदेश त कहिले स्वदेश कै कुना काप्चा हरुमा। हो माया र पिरतिको यो संसारमा मैले पनि कसैलाई माया गर्थे, हो म बारम्बार उसैको याद मा तडपियको थिए र मलाई पनि थाहा थियो उनी पनि मलाई माया गर्छिन। दिनहरु आफ्नै रफ्तार मा बित्दै गए। उनको र मेरो फोन मा बारम्बार कुराहरु भईनै रहन्थे। आज म उनिलाई उस्तो भन्छु भनेर मन मा अनेक कुराहरु एक्लाई गुनगुनाउथे जब उनी सँग फोन मा कुरा हुन्थ्यो अनी म उनिसँग यि कुराहरु राख्न सक्दैन्थे हुनत उनले बुझेर पनि नबुझे झै गर्थिन।
धेरै दिनको अन्तराल पछी मैले उनिलाई प्रेम प्रस्ताब राखे। मेरो प्रस्ताब लाई उन्ले सहजै स्विकार गर्छिन भन्ने मलाई लागेको थियो। तर बिडम्बना मेरो प्रस्ताब लाई उन्को मुस्कुराहट सँगै सहजै इन्कार गरिन र खुशी हुँदै मलाई माया गर्ने मान्छे अर्कै छ आज भोली उ बिदेश छरे यो अवस्थामा मलाई कती पिडा भएको थियो होला तर मलाई उनले मलाई बुझन सकिन्न। हो आज मलाई लाखौं लाख मान्छेहरु बस्ने यो ठुलो आकाश मुनी म एक्लै भयको आभास भईरहेको छ आखिर किन? हुन त मैले भन्दा पनि धेरै माया गर्ने उस्को मान्छे बिदेशमा छ रे हा हा उसले त्याह डलर को खेती गर्छ म यहाँ स्वेदेश मा स्वदेशी पसिना बगाउछु शायद उसलाई पसिना को गन्ध आयो क्यारे त्यसैले उनले मलाई शहजै इन्कार गरिन ठिकै छ। हुन त मान्छेका आ-आफ्नै चाहना र आकान्क्ष्या हुन्छन। तर मैले जिबन मा आजसम्म हारेको छैन र हार्को पिडा खेपेको पनि छैन तर उनको कुरा सुन्दा जिबन मा पहिलो पटक हारेको आभाश भयको थियो मलाई। हो म आज लडाईंमा हारेको सिपाही जस्तै भयको छु आज र पनि यो मनमा उनिलाई पाउने आशा यथावत नै छ
ठिकै छ जे हुन थियो त्यो भई सक्यो अब तिमी लाई पाउने चाहना शायद आकाश को तारा टिप्न खोज्ने मुर्ख को प्रयास सरी हुनेछ। साच्चै तिमी उसै सँग रमाउनु ल । अब त तिम्रो खुशी नै मेरो लागि अमृत सरह हुने छ तिमी बाची राख्नु ल म मरेर के हो, तिमी चादनी म तारा झरेर के भो तर अब एउटा मात्रा चाहना छ मेरो तिमी प्रती तिम्रो सिउदो जसले रङाए पनि तिमी जो सँग रमाए पनि बिन्ती यो प्रेम को भिखरी लाई एक पटक भेट्न आउ ल ,तिम्रो बिछोड र पिडा मा म अन्धो र लगडो भयको छु। जिबन मा अब बाच्ने मन छैन त्यसैले बिन्ती एक पटक भेट्न आउ ल अन्तिम पटक तिम्रो दर्शनका लागि मेरा यि आँखा हरु ललाहित भयका छन त्यस पछी तिमी प्रती मेरो कुनै चाहाना छैन ।
”बालक” भरतपुर ९ गोन्द्रङ,चितवन हाल काठमाडौं
Posted in 17789141
हात भरी चुरा
हात भरी चुरा छम छम पाउजु बजाउदै
भेट्न आउथ्यौ गोधुलिमा अोठ टोक्दै लजाउदै।
धेरै भयो आज भोली भेट हाम्रो भा को छैन
कहाँ गयौ कता गयौ खबर केही पा को छैन।।
हात भरी चुरा छम छम पाउजु बजाउदै
भेट्न आउथ्यौ गोधुलिमा अोठ टोक्दै लजाउदै।।।
कहाँ गयौ आज तिमी मन-मुटु चुडाएर
उतै फुल फुलायौकी,यता डाली चुडायर।।।।
तिमी बिना यहाँ मलाई बाँच्न साह्रै गाह्रो भा छ
तिम्रै सम्झना मा तिम्रो कृष्ण आज पागल भा छ।।।।।
हात भरी चुरा छम छम पाउजु बजाउदै
भेट्न आउथ्यौ गोधुलिमा अोठ टोक्दै लजाउदै।।।।।।
Posted in 17789141
अन्जु भाग २
मुटु सँग मुटु बाँकी नै छ अन्जु
जिन्दगीको खाका कोर्न बाँकी नै छ अन्जु।
दु:ख सुख बराबरी साटन,बाकी नै छ अन्जु
पिरतिको डोरी बाट्न बाँकी नै छ अन्जु।।
गहिरो त्यो दिल भित्र बस्न बाँकी नै छ अन्जु
अगालोमा बाधीएर माया गर्न बाँकी छ अन्जु।।।
मुटु सँग मुटु बाँकी नै छ अन्जु
जिन्दगीको खाका कोर्न बाँकी नै छ अन्जु।।।।
गोधुलीमा हात समाइ,घुम्न बाँकी नै छ अन्जु
जिस्काउदै चुल्ठो तिम्रो तान्न बाँकी नै छ अन्जु।।।।।
रिसाउदा कस्ती हुन्छौ,हेर्न बाँकी नै छ अन्जु
खुशी हुँदा तिमी सँगइ,हास्न बाँकी नै छ अन्जु।।।।।।
कती गर्छौ अब ढिला,झटै आउ हुन्न अन्जु
थाकी सके आँखा मेरा बाटो तिम्रो हेर्दा अन्जु।।।।।।।
मुटु सँग मुटु बाँकी नै छ अन्जु
जिन्दगीको खाका कोर्न बाँकी नै छ अन्जु।
बालक
Posted in 17789141
प्रिया
कती चाडै माया बस्यो थाहा नै छैन प्रिया
संसारमा तिमी जस्तो अरु छैन प्रिया।
कती समालिन्छौ आँफै खुशी लाग्छ प्रिया
जिन्दगीमा जितै जित हार हुन्न प्रिया।।
तिमी जस्तै म पनि त, तडपिएको छु प्रिया
बिछोड पछीको मिलन मिठो मिठो हुन्छ भन्छन प्रिया।।।
दिन पछीको रात काटन गाह्रो भा छ,प्रिया
प्रतिक्ष्याको समय नै टाढा टाढा भा,छ प्रिया।।।।
कती चाडै माया बस्यो थाहा नै छैन प्रिया
संसारमा तिमी जस्तो अरु छैन प्रिया।।।।।
परेलिमा आसु तिम्रो कहिले नआओस प्रिया
तिमी खुशी हुन्छौ भने ज्यानै लिए प्रिया।।।।।।
तिमीलाई दुख्दा मलाई पनि दुख्ने भा छ प्रिया
तिम्रै यादमा पल पल मुटु धडकी रा छ प्रिया।।।।।।।
पिरहरु नलुकाउ है मलाई भन्ने गर प्रिया
दुई मुटु एउटै भए बाँच्न जाती हुन्छ प्रिया।।।।।।।।
कती चाडै माया बस्यो थाहा नै छैन प्रिया
संसारमा तिमी जस्तो अरु छैन प्रिया।।।।।।।।।
( बालक )
Posted in 17789141
अन्जु
यसो कोल्टे फेरे समिपैमा छु अन्जु
आँखा लोलाउदै छन निधाए भने ब्युझाउ है अन्जु।
सुनसान यो रात राज हाम्रो नै हो अन्जु
सुटुक्क मन सँग मन साटी माया गरौ हुन्न अन्जु।।
जती पिढा भए पनि सहेकै छु अन्जु
अब देखी जिन्दगीमा छुटन नपरोस है अन्जु।।।
यसो कोल्टे फेरे समिपैमा छु अन्जु
आँखा लोलाउदै छन निधाए भने ब्युझाउ है अन्जु।।।।
तडपिन्छ मन तिमीलाई सम्झेर अन्जु
तिमी त मेरै हौनी आखिर यस्तो किन हुन्छ अन्जु।।।।
नबिर्सिए है जनम जनम सँग-सङै जिउला अन्जु
तिमी आगो हुँदा म पानी बनी दिउला अन्जु।।।।।
यसो कोल्टे फेरे समिपैमा छु अन्जु
आँखा लोलाउदै छन निधाए भने ब्युझाउ है अन्जु।।।।]]]
(बालक)
Posted in 17789141
अधुरो प्रेम
कसैले कसैलाई माया (प्रेम ) गर्छौ त सच्चा र चोखो प्रेम गर तर कृष्ण र करुणा को जस्तो माया कसैलाई नगर।
कृष्ण करुणा लाई असाध्यै माया गर्छ,यती सम्म कि उ करुणा लाई ज्यान दिन सम्म तयार हुन्छ। करुणा पनि कृष्णलाई असाध्यै माया गर्छिन। दिनहरु आफ्नै रफ्तार मा बित्दै जान्छन। कृष्ण र करुणा मा धेरै परिवर्तन हरु आउछन। साच्चै भन्ने हो भने त्यो प्रेम रुपी जोडीलाई देखेर जोकोही पनि लोभ्याउथे,साच्चै भगवानले नै माथि बाट जुराई धर्तिमा पठाई दियको जस्तो। एबम रुपले दिन हरु बित्दै जान्छन। भाग्यको लीला भनौ या दैबको को खेल एक दिन सामान्य दुर्घटना परी करुणा लाई गहिरो चोट लाग्छ त्यस्को पारीमाणले गर्दा करुणा को दुबै आँखा बन्द हुन्छन। उज्यालो संसार लाई गुमाएर करुणा अन्धाकार मय जीवन सँग संघर्श गर्न पुग्छे। करुणा को त्यो अवस्था देखेर कृष्ण लाई करुणा को असाध्यै माया लाग्छ। आफ्नो मुटु भन्दा नि प्यारी करुणाको आज त्यो अवस्था भयको छ। कृष्ण करुणा को बियोग मा पागल सरह हुन्छ।
करुणा लाई उपचारको लागि बिभिन्न ठाउमा लगिन्छ तर बिडम्बना करुणाको कही पनि राम्रो उपचार हुन सक्दैन। अन्तिम अवस्था मा कृष्ण ले करुणालाई आफ्नो आँखा दिने निर्णय गर्छ। कृष्ण को त्यो महान त्याग र बलिदान को सबैले तारिफ गर्छन्। कृष्णलाई आफ्नो परिवार बाट पनि सहयोग हुन्छ। कृष्ण करुणा लाई लिएर करुणा को परिवार को साथ मा काठमन्डौ तिर लाग्छ। कृष्ण ले आफ्नो एउटा आँखा आफ्नी प्राण प्यारी करुणालाई उपहार दिन्छ। करिब एक हप्ता को बसाइ पछी सबै जना घर तिर फर्किन्छन। करुणा को जीबन मा फेरी उज्यालो छाउछ। कृष्णको त्यो महान कार्य लाई देखेर करुणा कृष्ण लाई अगालोमा बाधेर धेरै बेर सम्म रुन्छिन।
यसरी दिनहरु बित्दै जान्छन करीब ५ बर्ष पछी कृष्ण बिरामी हुन्छ। भयको १ आँखा पनि गुमाउन पुग्छ। करुणा को जीवनमा धेरै परिवर्तन आउछन। करुणाको बुवा बिगत १० बर्ष देखी अमेरिकामा बस्दै अैरहेको हुन्छन। हाल उनका बुवा नेपाल फर्कियका छन। करुणा पनि १८ पार गरी १९ बर्ष मा प्रबेश गरेकी हुन्छिन। करुणा को बुवाले करुणा को बिहे अमेरिकामा बस्दै आएको प्रबेश सँग गरिदिने निदो गर्छन्। सुरुमा करुणा ले मान्दिनन। धेरै सम्झाइ बुझाई गरे पछी करुणा बिहे गर्न राजी हुन्छे। करुणा बिगत र कृष्ण लाई बिर्सियर बर्तमान मा रमाउन पुग्छे। उता कृष्ण आफ्नै अन्धकार मय जीवन सँग संघर्स गर्दै करुणा लाई पाउने अधुरो आसमा बाची रहेको हुन्छ।
एक दिन साझापख करुणाकी साथी रस्मी मार्फत करुणा को बेहे प्रबेश सँग हुने कुरा कृष्णले थाहा पाउछ। कृष्ण लाई साह्रै दु:ख लाग्छ उसले विश्वास नै गर्न सक्दैन। कृष्ण करुणा को घर जान्छ तब उसले सबै कुरा थाहा पाउछ। कृष्ण त्याहा एक सेकेन्ड पनि बस्न सक्दैन र घर फर्किन्छ जसका लागि आफ्नो सुनौलो जिन्दगी गुमायो आज उसैले छोडेर जादै छ। कल्पना गर्नुहोस् के तपाईं यो पिडा सहन सक्नु हुन्छ ?
जब करुणा पराइको डोलिमा सिन्दुर पोते र चुरा मा सजियकी हुन्छे। त्यही बेलामा कृष्ण करुणा लाई अन्तिम पटक भेटेर भन्छ ,करुणा तिमी जहाँ जो सँग गय पनि मेरो आँखाको राम्रो ख्याल राख्नु ल …………………………..
लेखक – बालकृष्ण भट्टराई
भरतपुर नगरपालिका ९ गोन्द्राङ चितवन,नेपाल
बियोग
बाल कृष्ण भट्टराई “बालक”
…..’म’ कृष्ण उनिलाई धेरै माया गर्छु। यो सबैलाई थाहा छ। हो ‘म’ मेरो माया बिन एक पल पनि बाँच्न सक्दिन यही भन्थे म सबै सँग बिचार र परिवर्तनशिल मान्छे म प्रेमको परिभासा दिन चाहन्थे सबैलाई र भन्ने गर्थे मेरी प्राण प्यारी करुणालाई प्रिय जिन्दगिका आरोह अबरोह पार गर्दै जाने क्रम मा कतै बिच बाटो हराय भने तिमी मेरो बिछोड मा नतडपिनु ल जिबन लामो छ जिउने र मन मिल्ने साथी खोज्नु र जिन्दगीको नयाँ यात्रा फेरी सुरु गर्नु ल बारम्बार म उनिलाई यही भन्ने गर्थे
मेरो घर परिवार मा पनि म यही कुरा भन्ने गर्थे यदी मेरो र करुना को जिन्दगी मा कतै डरलाग्दो आदिबेहेरी आयर हामी दुई खोलाको दुई किनार भयौ भने बिन्ती करुनालाई आफ्नै छोरी चेली दिदी बहिनी काली नानु सम्झियर राम्रो र करुना लाई माया गर्ने केटा खोजेर बेहे गरिदिनु ल तब मेरो चिर आत्मा ले शान्ती पाउनेछ यो समाज सँग कतिपनी डराउनु पर्दैन यदी कसैले प्रतिकार गर्छ भने जित हाम्रो नै हुन्छ र करुना जस्तै बियोग मा परेको हजारौ नेपाली चेली हरुको उद्दार हुनेछ र समाजले एउटा नयाँ काचुली फेर्ने छ हो यही भन्थे सबैलाई म यसरी दिनहरु बित्दै गए।
जिन्दगीमा अैपरेका अनेक किसिमका उतार चढाब पारगर्दै जिन्दगीको साघुरो गोरेटोमा यात्रा गर्दै थियौ हामी साच्चै कुनै कुरा भन्न जती सजिलो छ त्यस्लाई व्यबहार मा उतार्न त्एती नै कथिन र गार्हो हुन्छ। त्यो मलाई थाहा थियो र पनि मलाई पुरा विश्वाश थियो म लक्ष्यमा एक दिन अबश्य पुग्ने छु । यसरी दिनहरु बित्दै गय। थाहा नै छ सबैलाई नेपाली हुनु मा कती पिडा छ जती सुकै पढेलेखेको भय पनि कुनै स्थान नै पाउन कथिन हुन्छ। कुनै रोजगारी मिल्दैन वाध्य भयर अर्को मुलुकमा जानु पर्छ,त्यस्तै पिडा ले त्यस्तै पिडा मा रुमलियको कृष्ण बाध्यता र बिबशताको पोको बोकेर सुनौलो भोलिको कल्पना गर्दै नेपाली माटो र आफ्नो प्राण भन्दा प्यारी करुनलाई छोडेर खाडी मुलुकमा पैसा कमाउने झिनो आशा बोकेर बिदेश पलायन हुन्छ|
मदन आउने आश मा मुना ले हजारौं रात हरु बिताय जस्तै करुनाले पनि कृष्ण आउने प्रतिक्ष्यमा धेरै रातहरु बितायको हुन्छिन। दिन हप्ता महिन हुँदै बर्ष बित्छ न त कृष्ण कुनै खबर आउछ न त कृष्ण न नै,दिन हरु बित्दै जान्छ एक दिन करुना माइत घर गयकी हुन्छिन घरमा कृष्ण खबर आउछ कृष्ण बिरामी छ रे अब २ -४ दिन मा घर फर्कदै छरे , नारी को लागि सबैभन्दा ठुलो सम्पत्ति उस्को श्रीमान हो भन्छन। श्रीमान आउने खबर ले करुना धेरै खुशी हुन्छिन। सबै जना कृष्ण को प्रतिक्षा मा हुन्छन। रात को १ -२ बजेको हुन्छ । ट्याक्सी आगन मा आयर रोकिन्छ। करुना साह्रै खुशी हुन्छिन र करुनाको मुहारमा खुशी र लाजका मिश्रीत तरङहरु एकै साथ् तछाड मछाड गर्दै दौडिरहेको हुन्छन। करुना डगुर्दै आफ्नो कोठामा पस्छिन। केही समय पछी कृष्णको लास ट्याक्सी बाट निकालेर आगनमा सुताइन्छ। कृष्ण आफ्नो कोठा मा आउने प्रतिक्ष्या मा करुना हुन्छिन। एका एक बहिर ठुलो स्वरमा कोही रोयको आवाज आउछ। करुना दगुर्दै बहिर निस्कन्छिन। करुनाको आँखा कृष्ण को लास माथि पर्छ। करुना केही बोल्न सक्दिनन उनी बेहोस् भयर भुइमा पल्तिन्छिन। बर्शौ देखीको कृष्ण प्रप्ती को प्रतिक्ष् बियोग मा पारीणत हुन्छ |
भ न पा -9 गोन्द्राङ चितवन
Posted in 17789141
What does it mean to Blog ?
It can seem overwhelming on where to get started when wanting to learn more about blogging and where to begin. In today’s information age this is a popular question that is asked by many people. In reality a blogger can be compared to a philosopher. It usually is a personal journal that is updated frequently. In some cases it can also be used by a business to form a more personal relationship with a customer.
Usually a blogger will create a blog on a topic that they are interested in. So for example if they are a soccer fanatic then they may start a blog on their favourite team. In many cases the topic could also be a current event that interests them as well.
The big advantage of this platform is the ease at which you can do this. There are free platforms available like Blogger and WordPress which allow you to create your posts with a graphical WYSIWYG interface that requires no technical knowledge.
If a blog becomes popular and generates significant traffic the owner can monetize it with advertising that suits this type of medium. The most popular form of advertising used is Google Adsense. If you use Blogger this is even built into the interface as Google owns it. So it is just a matter of selecting some predefined layouts to display your advertising.



Recent Comments