बतासले उडाइदियो
बतासले उडाइदियो पाना लेखनै पाइयन
पक्ष्यउरीले छोप्यो मुहार देखनै पाइयन
आधा मात्रै देखे मुहार झुल्लुक पुरै देख्नै पाइयन
निभाइ हाल्यो बतासले दियो छेक्नै पाइयनbuddhi prasad bhattarai
सच्चाउदै थिय पत्र बिन्ती माफ गरभनी लेखनै पाइयन
सुकाइ दियो मसी बतासले पुरै पत्र लेखनै पाइयन
चन्द्र जस्तै होलिन भनी कल्पिरहे तर हेर्नै पाइयन
पापी बादल आयर छेकी दियो देखनै पाइयन
झुल्के घाममा हेर्छु भने हेर्नै पाइयन
कुहिरोले छोपी दियो देखनै पाइयन
परीजस्तै होलिन भनी सपनिमा हेर्न खोजे हेर्नै पाइयन
कोलाहलले ब्युझाइ दियो देखनै पाइयन
छोपी हाल्यो पक्ष्यौरी उडाइ मुहार देखनै पाइयन
सबै बयरी खनियछन हेर्नै पाइयन
कम्जोर रहेछ क्यारे
कम्जोर रहेछ क्यारे उनकोनजर
मेरो मायालाई ठम्यौन सकिनन
लुलो रहेछ क्यारे उनको अङालो
मेरो ममतालाई अगाल्न सकिनन
चादीजस्तो बेदाग माया पनि स्वीकार्न गाह्रो भो
मैलेजस्तै माया दिने खै पाउलिन उनले को
मखमल जस्तो मायाछोडी काडा किन रोजेको
हिजो सम्म त तगारो खुल्लानै राखे फर्की आउलिन भनेर
झुठो रहेछ मेरोमन बेकारभयो अहिले बसेको आउने दिन गनेर
ठिकै छ फल-फुल यसजुनिलाई यत्तिकैभो
हिम्मत हार्दिन मैले प्रतिक्षारत छु अर्को जुनीको
रोइरहेछु थामेर
रोइरहेछु थामेर भित्र भित्रै आसु
बल्झी रहेछ ब्यथाको पोको हासु त म कसरी हासु
उर्लेर आउछ सम्झना सम्झेर स्वेदेसलाई
नमरेभने पाउछु होला एक दिन त चुम्न मेरो देशलाई
कती लाग्छ माया भनेर देशको यो प्रश्न परदेशीलाई
कहिले नसोध कसैले एती भनेर भन्न गाह्रो छ उसलाई
एउटै छ यहाँ बाचाउनु पर्ने मेरो देश भन्ने नासो
गुम्साइ रहेछु क्रनदनहरु हस्नै पर्ने रहेछ रुन्छे हासो
गरियछ कती मुरख्यै रगत सँग डलर सट्न खोजियो
धिक्कार लाग्छ किन आज स्वरग छोडि नर्क किन रोजियो
कहापाउनु यहाँ सुन्न मुजुर्का र बिनायोको धुन
देख्दै नदेख्दा हिमालकोचुचुरो डाको छाडेर रुन लाग्छ मन
नदेखनु कसैले दिवा सपना डलर र नम्बरी सून
बिदेश त यस्तो रहेछ हासो त परैको पाइदैन डाको छाडेर रूनबुद्धी प्रसाद भट्टराई
चितवन,भरतपुर नेपाल
I REALLY LOVE YOU,
तिम्रो त्यो खुनी माया को file हराउछ कि भनी
मैले bluetooth through तु file transfer गरेर,
space नै नभएपनी ZIP गरी
मेरो मुटुको harddisk मा राखे ।
तिम्रो harddisk मा त virus पसे जस्तो छ,
खोइ कुनै message नै पाइएन ।
तिमी त्यही virus को पिरले tension मा पो छौ कि ?
या दिक्क लागि file नै delete पो गर्यौ कि ?
झुक्किएर file कतै trash box मा झर्यो कि ?
update गर्न खोज्दा replace पो भयो कि ?
कती दु:ख सहेर त्यो file तिम्रो दिलमा download गरे,
आज तिम्रो ताल देख्दा साच्चै म त छक्क परे ।
अब मेरो RAM ले काम गर्न छोडिसक्यो प्रिय !
processor पनि बिरामी पो छ,
थाहै भएन मलाई त datacable कतिखेर टुट्यो
केही त बोलन तिमी मेरा file कतातिर पुग्यो ?
इच्छा छ यसको reply तिम्रै ID बाट हेरु ,
mail पाउन अझै मैले कती दिनरात गनु
जे भए पनि अन्तमा मनको major project तिमीलाई भनु,
I REALLY LOVE YOU, MORE THAN MY CPU !!!
PRAKASH GAUTAM
GUNSI BHADURE 1 RAMECHHAP

karuna ko katha sarai ramro lagyo, mero mutu nai chwasae paryo yaar…
balkrishna ji le ramro katha lekhnu hudo rahe6. sahityama bisal bhawisya dekhe!!!
By: Ashok on March 28, 2009
at 10:48 am