Posted by: krishna | June 1, 2009

उनी को हुन

Scan05182009_121152महिना पुष को थियो साल चाँही मलाई त्यती यकिन भयन त्यस्तै हुनुपर्छ एकसट्ठी किन कि म त्यती बेला एघार मा पढथे। म काठमाडौं मा गाउ बाट को एस एल सि को नतिजा राम्रो भएपछी उच्च शिक्षा को लागि आएको थिए। दिउसो को कलेज भयको करणले गर्दा हामी सँगै बस्ने साथी हरु मिलेर मर्निङ वाक को लागि दिनहु टुडिखेल मा जाने गर्थ्यो,उमेर भर्खर १६ १७ भयको ले गर्द होला जोश जागर थियो त्येती बेला। हामी जहिले साथी हरु एक आपस मा कुनै न कुनै कुरा मा प्रतिस्पर्धा गर्दथ्यौ कहिले फूटबल कहिले क्रीकेट त कहिले दौड अनी जो पछी हुन्छ त्यस्ले सबै साथी हरुलाई चना र अन्डा खुवाउनु पर्ने हा हा हा कती रमाइलो नियम थियो हामीसँग।

यस्तै गरी दिन हरु बित्दै थियो हाम्रो पनि जिन्दगी रमाइलो सँग बित्दै थियो। एक दिन मसँग बस्ने साथी हरु कलेज मा जाडो को छुट्टी भयको ले गर्दा छुट्टी मनाउन सबै गाउ मा गएका थिए तर मा चाँही मेरो बाबा ममी काठमाडौं आउनु भयको ले गर्दा म चाँही गाउ गयको थिएन। सधैं साथी हरु सँग बाहेक म कहिले पनि एक्लै काठमाडौं को त्यो भिड भाड मा कहिले पनि निस्कियको थिएन,त्यो दिन मलाई किन किन एकदमै नौलो आभाश भईरहेको थियो। पुष को जाडो समय त्यही पनि बिहान सबेरै म हल्का निलो रङ को ट्र्याक सुट अनी १७५ म किनेको गोल्डस्टार जुता लगायर म बिहान् काठमाडौं को सघुरो गल्ली गल्ली हुँदै रातभरी थुपारेको फोहोर को दुर्गन्ध अनी भुस्या कुकुर को प्रदुशित आवाज लाई पारगर्दै म न्युरोड को गेट हुँदै टुडिखेल भित्र पसे।

पहिले पहिले त साथी हरु थिए फूटबल क्रिकेट खेल्न लाई आज न कोही छैन अब आज चाँही हल्का दगुर्छु भनेर मन मनै सोचे र दगुर्न सुरु गरे म मनमा धेरै कुरा हरु लियर अगाडि बडदै थिए दाँया बाँया केही पनि नहेरी ,लगभग मैले आधा टुडिखेल पर गर्दै थिय अफसोच कोही म सँग ठोकिन पुग्यो। त्यही ठोकाइ ले गर्दा चौर को घास भयको तिर पछारिन पुगे अनी जुरुक्क उठ्ने कोशीस गर्दै ट्र्याक मा लागेको माटो झार्दै कस्तो आँखा पनि नहेरी हिंडेको यत्रो चौर मा म भयतिर नै आयर ठोक्किनु पर्छ भन्दै ठुलो आवाज मा बिहानि को हल्का अभ्यास पछी को फुर्ती को साथ रिस देखाएर कराउदै ठोकिने मान्छे भयतिर फर्किए। मैले के फर्कियको मात्रै थिए एका एक लामो रेशमी कपाल कम्मर भन्दा पनि तल तिर पुगेको अनी चटक्क मिलेको जिउ त्यस्तै मुस्कान अनी आह कती मिलेको मोती जस्तै दात अनी मधुर मुस्कान को साथ मा माधुर्यता छाउने गरी आइ एम भेरी भेरी सरी भन्दै उनी मेरो बिपरित दिशा तर्फ तिर लगिन त कि यती चाडो मैले उनको अनुहारमा राम्रो सँग हेर्न र उनले मागेको सरी को लागि मैले केही छैन भनेर भन्ने मौका पनि पाईन, के गर्नु उनी आफ्नै रफ्तार मा गईरहिन म पछीबाट हेरेको हेरै भए अनी मन्मनै सोच्न थाले कस्तो केटी होलिन उनी कती राम्री को होलिन म सँग एकछिन बोलेकी भय पनि हुन्थ्यो नि यस्तै कुरा सोच्दै म पनि अगाडि बढे ।को हुन उनी भन्दै। तर मैले पटकै हरेश खाइन म भोली त यही ठाउमा भेटछु नि भोली पनि त उनी आउछिन यस्तै सोच्दै फर्किए तर किन किन मलाई त्यो दिन अर्को नै लागेको थियो।

त्यो दिन त्यतिकै बित्यो,भोली पल्ट बिहान म सबेरै उठेर उनिलाई त्यही ठाउँ मा भेटेर बोल्ने द्रिढ विश्वाश को साथ मा जाडो फोहोर अनी ति भुश्या कुकुर लाई सान दिदै म अगाडि बढे र टुढिखेल पनि पुगे। सधैं म त्यहा मर्निङ वाक को लागि जान्थे तर मैले त्यस दिन खासै त्यसलाई महत्व दिन खाली मलाई उनी को हुन भन्ने मात्रै जान्न पाय हुन्थ्यो भन्ने थियो। बाटो हेर्दै गरे अली पर बाट २ जना अधबैसे सँग हिजो म सँग ठोकिने उनी आउँदै गरेको देखे उनी ले पनि मलाई हेरिन अनी हिजो को झै मन्द मुस्कान दिदै मेरो सामुन्ने बाट पार गरिन ,मलाई लागेको थियो उनी आज एक्लै आउछिन र एकछिन म उनीसङै वाक गर्दै परिचय गर्छु भन्ने तर म सफल हुन सकिन। किन कि मलाई बोल्ने आट नै आएन

उनी सँग भेट्छु र बोल्छु भन्ने मलाई आश पटकै मरेन। दैनिक रुप मा म मर्निङ वाक भन्दा पनि उनिलाई भेट्ने अभिलाषा मा गैरहे तर त्यस दिनदेखी मैले उनिलाई कहिले पनि देखिन, को होलिन उनी कहाँ गैइन होलिन तर पनि आश मारेको छैन एक दिन भगवान ले मेरो उनी सँग भेट गराउने छ। अहिले पनि कहिले काही बाटो मा हिडदा उनी जस्तै धेरै लाई देख्छु तर उनिलाई कहिले पनि देख्दिन म। र कहिले कही एक्लै बस्दै म सम्झिन्छु उनिलाई भेट नगरनु नै थियो त त्यस दिन किन मलाई किन मन्द मुस्कान दीईन उनले ?किन मेरो मुटु चोरेर लगिन ? को हुन उनी म सँग केही नबोले पनि मलाई उनको बारेमा थाहाँ नभए पनि किन मलाई उनको बारेमा याद आईरहन्छ? को हुन उनी ?????????

कृतिम
रामेछाप नेपाल

Advertisement

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.