हाम्रो मात्रीभुमी तिमीलाई कोटिकोटी नमस्कार
तिमी चिन्ता नगर जसले गरे पनि तिरस्कार
हामी छौ बिदेश मा तर पनि भुलेको छैन तिमीलाई
परिस्थिती ले गर्दा बिदेशिनु पर्यो हामीलाई
सोचेको थियौ हामीले अब हुन्छ परिवर्तन हाम्रो देशमा
भित्रीए नयाँ नयाँ नेता कलंकीत दानबी भेशमा
कैयौ बर्ष कुरिरहयौ परिवर्तन र बिकास हुने आशमा
हाम्रै आँखा अगाडि आगो लगाइदिए गरीब को बासमा
हाम्रो मात्री भुमी तिमीलाई कोटिकोटी नमस्कार
तिमी चिन्ता नगर जसले गरे पनि तिरस्कार
बगी रहे रगत को नदी बिकास हुने बाहानमा
कती वीर नेपाली शहीद भए तिमीलाई सुख दिने चाहनामा
दिन बिते महिना बिते, बिते कैयौ साल
कती बनाउछौ ए नेता हो सोझा नेपालीको ढाल
पिर सुर्ता केही नगर मात्री भुमी हामी आउँदै छौ चाडै
हामी दिने छौ तिमीलाई सुख,भगाउछौ दु:ख टाढै
हाम्रो मात्री भुमी तिमीलाई कोटिकोटी नमस्कार
तिमी चिन्ता नगर जसले गरे पनि तिरस्कार
Recent Comments