ड्याङ….. ड्याङ…. ड्याङ….. लगातार ३ पटक ठुलो आवाज सँङै मेरो निन्द्रा खुल्यो,म बिस्तार् यो आवाज कहाबाट आयो पता लगाउने सुर ले मेरो कोठाको झ्याल खोले मेरो कोठा ठीक अगाडि १ ठाडो बाटो थियो अनी बाटो पारी हरी ास्टर को घर थियो। अचानक मेरो आँखा हरी मास्टर को घर को आगन मा गयो त्यहा एक हुल कुन्नी लडाकु जस्तो देखिने पोशाक मा मान्छे यता उता गरेको प्रस्ट देखिन्थ्यो किन कि त्यो दिन पुर्णिमा को २ दिन पछी थियो,म सोच मग्न भय त्यो ठुलो आवाज ति मान्छे अनी हरी मास्टर को घर,म नतमस्तक भए मेरो जिउ अचानक फुलेर आयो अनी त्यहा जाने आट पनि गर्न सकिन। तर मेरो मन भित्र को अर्को मन ले मानेन बिस्तारै कसैले थाहा नपाउने गरी मेरो रूम बाट हरी मास्टर को घर तर्फ लागे,तर म हरी मास्टर को घर भन्दा ५ मिटर अगाडि टक्क रोकिन पुगे र मेरो आँखा अचानक हरी मास्टर को ढलेको रक्तम्य शरीर मा पुग्यो। बिस्तारै मैले आफ्नो अनुहार मा हात लगाए मेरो आफ्नै शरीर मा छोए सपना हो कि भन्ने सोचेर तर यो बिपना नै रहेछ। एक्कासी हरी मास्टर को घर बाट उस्की श्रीमती को कोलाहल आवाज सँगै कमरेड पर्बत को भाषाण आयो “हामीले सब्रहारा बर्ग को मुक्ती को लागि यो हरी मास्टर को आज सफाइ दियको छौ जो जो हाम्रो बाटो मा काडा भएर आउछन सबैको हरी मास्टर को हालत हुनेछ,यो हरी ले हाम्रो क्रान्ति मा सहयोग गरेन हामी ले यसलाई धेरै चोटि सम्झायको थियौ ,तर यो सधैं हाम्रो बाटो मा बाधक बनिरह्यो हामी बिरुद्द आवाज उठायो,जासुसी गर्यो त्यसैले आज यो हालत भयो यस्को। उस्को हात मा भयको बन्दुक आकाश तिर फर्कायर १ पटक हवाइ फायर गर्यो। अनी हरी मास्टर को लाश लाई त्यही छोडेर जनयुद्द जिन्दाबाद माओबाद जिन्दाबाद भन्दै आफ्नो बाटो लागे,मैले मन मनै सोचे के यिनी हरी मास्टर लाई मरेर क्रान्ति सफल होला त ? तर हरी मास्टर त्यस्तो थिएनन जुन तिनिहरु ले भाषाण मा गरेको जस्तो हरी मास्टर गाउ को १ प्राथमिक स्कुल को शिक्षक थिय। एकदमै ईमान्दार अरुको दु:ख मा सहयोग गर्ने अनी अन्याय अत्याचार पटक्कै नसहने। मैले सोचे शाहेद त्यही अन्याय अत्याचार नसहनाले गर्दा आज आफ्नो श्रीमती,गाउ घर,आफन्त,सबैले छोडेर गय……………सधैं को लागि अनी सबै को लागि के हरी मास्टर को सफाइ ले तिनिहरु को क्रान्ति सफल भयो त ?? के अहिले देश मा शान्ती सुब्यबस्था छ त ??
krishna jee,
tyo samayako waastawikata, euta tito satya rahechha………..
dherai ramro lagyo presentation, keep it up………..
AsoC…
By: Gautam on June 29, 2009
at 11:01 am
krishna bhai timile lekheko katha kata adhuro bhay jasto lagyo . tar pani jejati chha tyo chahi padana yogya chha . yasta hari sir haru ko balidani katha . lekher buwasa haru ko parichaya dine jamar ko gareko ma dhanya bat timilai………………………………………………………………………………….
kalam nirantar chalaunu yahi nai mero shubha kamana…………………………
By: buddhi bhattarai on June 30, 2009
at 10:20 am
best Of Luck sir….
By: Kushal on July 3, 2009
at 1:20 am