उन्माद र बित्रिप्त हासो हाँस्दै
गरीब र दिन दुखी हरु को बोली बोल्दै
फाटेर टुक्रा टुक्रा भएको कपडा लगाइ
बिहानी को मिर्मिरे सँगै उठथ्यो
कस्को घर मा छैन खाना, पकाउने भाडा हेदै
आफु भोको भएको पटक्कै आभास नगरि
खाना दिने कोशीस गर्दथ्यो
आफुलाई केही थाहा थिएन तर जान्ने कोशीस गर्दै
देश बिकास र समाज परिवर्तन को भाषाण बोल्दै
अब चाडै नै परिवर्तन हुने ढाडस दिन्थ्यो
आफ्नो सिप र जागर को सदुपयोग गर्ने उत्प्रेरणा दिदै
आफ्नो मेहनत मा बाँच्न सिकाउदै
अन्याय अत्याचार लाई निर्मुल पार्नु पर्छ भन्दथ्यो
जिन्दगी लाई यात्रा सँग तुलना गर्दै
आफु थकान को पटक्कै महशुस गर्दैनथ्यो
उच्च मनोबल अनी उद्देश्य लिएर हिंड्ने कुरा सिकाउदै
जिन्दगी देखी पटककै हार नखानु भन्द्थ्यो
उ आँफैलाई थाहा थिएन आफ्नो जिन्दगी के हो भन्ने
तर घरी घरी जिन्दगी को व्याख्या गर्दथ्यो
गरीब जनता को खर को छानो परिवर्तन गर्छु भन्दै
अन्धकार रात मा चौतारी मा सुत्दथ्यो
Posted by: krishna | July 1, 2009
चौतारी को बास
Advertisement
Posted in 17789141
Recent Comments